२ फागुन, काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ ।
सहमतिबाट कार्यसमिति चुन्ने कि निर्वाचनबाट भन्नेमा बहस भइरहेकाबेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । आयोग अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजेपछि मतदान सुरु गर्ने योजना छ ।
निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन फागुन ३० गतेदेखि १ गतेसम्म गर्ने तालिका थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्दै सहमतिमा नेतृत्व चयन गर्न भनेका थिए ।