Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कांग्रेसका नेता एवं पूर्व सांसद एकनाथ रानाभाटको निधन

कांग्रेसका नेता एवं पूर्व सांसद एकनाथ रानाभाटको निधन

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०७७
कांग्रेसका नेता एवं पूर्व सांसद एकनाथ रानाभाटको निधन
images

चितवन, १० फागुन । कांग्रेसका नेता तथा पुर्व सांसद एकनाथ रानाभाटको आज निधन भएको छ ।

६६ बर्षको उमेरमा उहाँको उपचारको क्रममा आज निधन भएको नेपाली काँग्रेस जिल्ला सभापति जित नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको निधनले नेपाली कांग्रेसले एक निष्ठावान नेता गुमाएको भन्दै रानाभाट प्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै सभापति श्रेष्ठले शोकसन्तब्ध परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्नुभएको छ ।

रानाभाटको भोलि उहाको निवास रत्ननगर–१४ पिठुवा वाट बिहान ७ः३० बजे शवयात्रा गरि बिहान ८ः३० बजे देखि बिहान ९ः३० बजे सम्म शव जिल्ला पार्टी कार्यलयमा राख्ने र त्यस पश्चात् पवित्र तिर्थ स्थल देवघाटमा अन्त्यष्टी गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १९:१७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology