Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

झापा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक 

झापा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक 

इच्छाकामना न्युज

१०, फाल्गुण २०७७
झापा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक 
images

शुष्मा राजवंशी, झापा, १० फागुन । ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो ।
‘झापा स्पोर्टस् अवार्ड’ चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधामा तीन–तीन जना र दुई विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एक–एक जना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले जानकारी दिनुभयो । वर्ष उत्कृष्ट खेलाडी पूरुषतर्फ अनन्त तामाङ, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ, वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ जुनी राई, देविका खड्का र कमला  श्रेष्ठ रहेका छन् ।
त्यस्तै, वर्ष उत्कृष्ट खेलाडीमा रेजिन सुब्बा,  मनिता श्रेष्ठ प्रधान , अनुजा कुलुङ राई र वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल, मदन उप्रेती, वोङदेन लामा रहेका छन् । वर्ष खेलाडी पुरुषलाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो ।
त्यस्तै, पिपुल्स च्वाइस अन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्ड स्वरुप एक जनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, यो वर्ष दुईजनालाई नगद २५ हजार सहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करण यही फागुन २८ गते हुनेछ । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १९:०३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology