Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एमाले निकट कर्मचारी संगठनको महाधिवेशन आजदेखि, अध्यक्षमा गौतम र दाहालको दाबी

एमाले निकट कर्मचारी संगठनको महाधिवेशन आजदेखि, अध्यक्षमा गौतम र दाहालको दाबी

images

इच्छाकामना न्युज

३०, माघ २०८१
एमाले निकट कर्मचारी संगठनको महाधिवेशन आजदेखि, अध्यक्षमा गौतम र दाहालको दाबी
images

३० माघ, काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन आजबाट सुरु हुँदैछ ।

राष्ट्रिय सभागृहमा आज बिहान साढे १० बजे प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । त्यसपछि आजैबाट बन्दसत्र सुरु हुने र विभिन्न प्रतिवेदनहरु पास गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु हुने छ ।

यो अधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदमा रेवन्त गौतम र भवानी न्यौपाने दाहाल प्रमुख दाबेदार छन् । दाहाल र गौतम दुवै हाल संगठनका उपाध्यक्ष छन् ।

रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेकाले यसपटक अध्यक्षमा दाबी नछाड्ने अडानमा छन् । भवानी पनि केन्द्रीय महिला विभाग प्रमुख हुँदै एक कार्यकाल उपाध्यक्ष भइसकेकाले अब पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने प्रयासमा छिन् ।

दुवैले संगठनलाई पारदर्शी र गतिशील बनाइराख्ने तथा निजामती कर्मचारीको हकहित र वृत्तिविकासमा पहल गर्ने मुद्दा उठाएका छन् । सहमतिमा नेतृत्व चयन गर्ने कि निर्वाचनबाट भन्नेमा सहमति जुटिसकेको छैन ।

images
प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - ०८:२७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology