Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कालिकोटको शुभकालिकामा संचित कोष व्यवस्थापन प्रणालीको पुर्ण रुपमा कार्यान्वयन हुदै 

कालिकोटको शुभकालिकामा संचित कोष व्यवस्थापन प्रणालीको पुर्ण रुपमा कार्यान्वयन हुदै 

इच्छाकामना न्युज

१०, फाल्गुण २०७७
कालिकोटको शुभकालिकामा संचित कोष व्यवस्थापन प्रणालीको पुर्ण रुपमा कार्यान्वयन हुदै 
images

हस्त चौलागाँई, कालिकोट, १० फागुन । कालिकोटको शुभकालिका गाउँपालिकामा स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (शुत्र)को पुर्ण रुपमा कार्यान्वयन भएको छ ।  अन्य स्थानीय तहका कामकाज शुत्रको माध्ययमबाट हुन थालेपछी शुभकालिका गाउँपालिकाले पनी (शुत्र)को कार्यान्वय गर्दै आर्थिक लेखाजोखा प्रणाली भरपर्दो र बलियो बनाएको छ । सवैकाम शुत्रबाटै हुने भएकाले अहिले सेवाग्राहीलाई सहज भएको छ । 
आर्थिक वर्ष २०७६÷०७७को आलेप सम्पन्न भई आर्थिक वर्ष २०७७ ÷ ०७८ को सम्पुर्ण कार्य संचालनमा आएर पनि कतिपय योजनाका कामहरु सम्पन्न भइसकेका छन् । सवै कार्य विवरण शुत्रमा इन्ट्री भएर पनि गाउँपालिकाले तिब्र गतिमा आर्थिक वर्ष २०७७ ÷०७८ कामगरिरहेको छ । 
भौगोलिक कठिनाईका बाजबुत सडक र विद्युतको अभाव भएपनि गाउँपालिकाले सौर्य उर्जा प्रयोग गरी सेवाग्राहीलाई सेवादिइरहेको निमिक्त प्रमुख प्रशासकिय अधिकृत हस्त बहादुर शाहीले बताउनुभयो । गाउँपालिकाबाट दिइने सम्पुर्ण योजनाको रकम तथा कर्मचारीहरुको तलब विवरण सवै शुत्रबाटै गरिने भएकाले आर्थिक रकम हिनामिना नहुने बताउनुभयो ।  

images
images

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १८:५९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology