Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

फागुन १ र २ गते शहीद लखन गाउँपालिकामा सार्वजनिक बिदा

फागुन १ र २ गते शहीद लखन गाउँपालिकामा सार्वजनिक बिदा

images

इच्छाकामना न्युज

२९, माघ २०८१
फागुन १ र २ गते शहीद लखन गाउँपालिकामा सार्वजनिक बिदा
images

गोरखा — नेपालका प्रथम सहिद लखन थापामगर र उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवसको अवसरमा शहीद लखन गाउँपालिकाले फागुन १ र २ गते सार्वजनिक बिदा दिएको छ । गत माघ २३ गतेको गाउँ कार्यपालिका बैठकबाट निर्णय गराएर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रथम सहिद थापामगर र उनका सहयोद्धा चुमीमगर लगायतका लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति बलिदान प्राप्त गर्ने सहिदको स्मृति र सम्मानमा दोस्रो लखन कप अन्तरवडा पुरुष भलिबल प्रतियोगिता लगायतका विभिन्न समारोह पनि आयोजना गरिएको गाउँपालिकाले मंगलबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

फागुन १ र २ गते गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा विद्यालयहरुलाई सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - २१:४०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology