Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ

images

रासस

२८, माघ २०८१
अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ
images

काठमाडौँ, माघ २८ गते । बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र रु ८१ हजार नगद बरामद गरिएको जानकारी दिनुभयो ।

स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रासस 

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - २०:२४:५३ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology