Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एपिएफलाई हराउँदै मच्छिन्द्र क्वार्टरफाइनलमा

एपिएफलाई हराउँदै मच्छिन्द्र क्वार्टरफाइनलमा

इच्छाकामना न्युज

२३, माघ २०८१
एपिएफलाई हराउँदै मच्छिन्द्र क्वार्टरफाइनलमा
images

(कास्की), माघ २३ गते । विभागीय टोली एपिएफ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

images
images

पोखरा रङ्गशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले एपिएफ क्लबलाई २–० गोलले हरायो । मच्छिन्द्रले दुवै गोल दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा कडा टक्कर दिएको एपिएफको गोल फर्काउने प्रयास सफल भएन । 

मच्छिन्द्रको जितमा आदित्य शाक्य र विदेशी खेलाडी स्टेफन कामहाले गोल गर्नुभयो । आदित्यले ७४औँ र स्टेफनले ८१औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाउनुभएको हो । 

आदित्यले डिबक्समा पाएको बललाई एफिएफका रक्षकलाई छलाएर गोल गर्नुभएको थियो । स्टेफनले देवेन्द्र तामाङको फ्रिकिकमा प्राप्त बललाई जाली चुमाउनुभयो । उहाँ नै म्यान अफ दि म्याच घोषित हुनुभयो ।

एपिएफले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा हार खेप्यो । क्वार्टरफाइनलमा मच्छिन्द्रले अर्को ‘ए’ डिभिजन टोली थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।  प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ । 

images
प्रकाशित मिति :माघ २३, २०८१ बुधवार - २१:५८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology