Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल र भारत भूगोल मात्र हैन, इतिहास र संस्कृतिले जोडिएका विश्वकै नमुनायोग्य मित्रराष्ट्र हो : वनमन्त्री सिलवाल

नेपाल र भारत भूगोल मात्र हैन, इतिहास र संस्कृतिले जोडिएका विश्वकै नमुनायोग्य मित्रराष्ट्र हो : वनमन्त्री सिलवाल

इच्छाकामना न्युज

१६, माघ २०८१
नेपाल र भारत भूगोल मात्र हैन, इतिहास र संस्कृतिले जोडिएका विश्वकै नमुनायोग्य मित्रराष्ट्र हो : वनमन्त्री सिलवाल
images

चितवन । नेपाल र भारत भूगोल मात्र हैन, इतिहास र संस्कृतिले जोडिएका विश्वकै नमुनायोग्य मित्रराष्ट्र रहेको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले बताउनुभएको छ । भारतको ७६ औं गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावास बिरगंजको आयोजनामा मंगलबार चितवनको नारायणगढमा आयोजित राजस्थानी लोकनृत्य प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

images
images

WhatsApp Image 2025-01-28 at 18.12.09_58a852b3.jpg

कार्यक्रमलाई सम्बोन्धन गर्दै उहाँले ७६ औं गणतन्त्र दिवसको भारतका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुहुदै नेपाल र भारत भूगोल मात्र हैन, इतिहास र संस्कृतिले जोडिएका विश्वकै नमुनायोग्य मित्रराष्ट्रहरु भएकाले भौगोलिक सिमाना खुला भए जस्तै दुई देशका जनताहरुको मन पनि खुल्ला भएकोले एक अर्काको समस्या र सुख दुबैमा समान सहभागी हुने गरेको बताउनुभयो ।

यस्तै सो आन्दोलनमा सहभागी भएर मनमोहन अधिकारी, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेपाली नेताहरुले दुई देश बीचको सम्बन्धलाई जनताको तहमा विस्तारित गर्न ठूलो योगदान पु¥याएको बताउनुभयो । 

WhatsApp Image 2025-01-28 at 18.14.13_fae3ec5c.jpg

साथै उहाँले पञ्चशील तथा संयुक्त राष्ट्र संघको बडापत्रमा व्यक्त प्रतिबद्धताबाट निर्देशित नेपालको परराष्ट्र नीतिले सबै देशसँग सौहार्द सम्बन्ध अँगालेको बताउनुहुदै त्यसमा पनि भौगोलिक सिमानाबाट जोडिएका भारत र चीनसँग हामी अत्यन्तै मित्रवत र समनिकटताको दृष्टिले सम्बन्धलाई विस्तारित गर्न चाहेको बताउनुभयो ।

 

images
प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - ०८:२४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology