Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका

मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका

images

रासस

१४, माघ २०८१
मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका
images

१४ माघ, डुम्रे (तनहुँ)। गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ ।

प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति प्रशिक्षक उत्पादनमा जुटेको हो । नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरिक्त कक्षाको रूपमा मगर भाषामा पठनपाठन गर्ने तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन नगरपालिकाको सहयोगमा शिक्षकलाई प्रशिक्षण दिइरहेको छ ।

नेपाल मगर सङ्घ व्यास नगर समितिको आयोजनामा र व्यास नगरपालिकाको सहयोगमा शनिबारदेखि पाँच दिने मातृभाषा प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण सञ्चालन गरेको छ । तालिम लिएपछि मातृभाषा शिक्षकले विद्यालयमा मगर भाषाको पाठ्यक्रमअनुसारको पठनपाठन गराउने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले विभिन्न समुदायको पहिचानसँग जोडिएका भाषा, साहित्य, कला, संस्कार र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । नगरवासीको भाषा, कला, संस्कार, संस्कृति, साहित्य, पर्यटन तथा पुरातात्विक क्षेत्रको संरक्षण गर्ने उद्देश्य प्रज्ञा प्रतिष्ठान गठनको बताउँदै उनले मगर भाषाको संरक्षण तथा प्रवद्र्धनका प्रशिक्षण दिइएको बताए ।

images
प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १०:१०:३६ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology