Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

अखिल क्रान्तिकारीको मतगणनामा रातो–कालो मसीको विवाद

अखिल क्रान्तिकारीको मतगणनामा रातो–कालो मसीको विवाद

images

इच्छाकामना न्युज

१३, माघ २०८१
अखिल क्रान्तिकारीको मतगणनामा रातो–कालो मसीको विवाद
images

१३ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना विवादका कारण रोकिएको छ ।

विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएका थिए । मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर कालो मसीले पनि मतदान भएको जानकारी निर्वाचन समितिका प्रतिनिधिहरुले गराएका थिए ।

अध्यक्षका उम्मेदवार विजय सापकोटाका प्रतिनिधि यादव ढुंगाना र रमेश खड्काले कालो मसीलाई पनि मान्यता दिनुपर्ने भनाइ राखेका थिए भने अर्का उम्मेदवार उपदेश यादवका प्रतिनिधिहरुले त्यसको विरोध गरेका थिए । राति अबेरसम्म यसमै गलफत्ती परेपछि मतगणना रोकिएको हो ।

उपदेश यादव पक्षकाले विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेशलाई आफ्नो आधार क्षेत्र ठान्ने गर्दछन् । त्यसैले रातो–कालो मसीको विवादमा उपदेश यादव पक्षले बढी विरोध जनाएको देखिन्छ ।

विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मत खसेको छ । मधेश प्रदेशमा १९५ मत खसेको छ ।

मधेशमा उपदेशको सबैभन्दा धेरै मत

अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् । यसैगरी अर्का प्रत्यासी विजयप्रकाश सापकोटाले ४१, हेमन्त राईले ४० र सुदिन पौडेलले १ मत पाएका छन् ।

अहिलेसम्मको समग्र मतपरिणाम हेर्दा विजय र हेमन्तबीच प्रतिस्पर्धा भइरहेको छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् ।

विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् । उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचन शनिबार बालमिकी विद्यापीठ प्रदर्शनीमार्गमा भएको थियो । मतगणना पनि सोही स्थानमा भइरहेको छ ।

images
प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - ०९:१९:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology