Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

हामी सच्चिन्छौं, ०६४ जस्तै फेरि मत दिनुहोस् : अध्यक्ष दाहाल

हामी सच्चिन्छौं, ०६४ जस्तै फेरि मत दिनुहोस् : अध्यक्ष दाहाल

images

इच्छाकामना न्युज

११, माघ २०८१
हामी सच्चिन्छौं, ०६४ जस्तै फेरि मत दिनुहोस् : अध्यक्ष दाहाल
images

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतका कमीकमजोरी सुधार्दै सच्चिने प्रयास गरिरहेको बताएका छन् ।

शुक्रबार दिउँसो तुलसीपुरको अरनिको मैदानमा भएको पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्दै उनले विगतमा कमजोरी भएको स्वीकार गरे । ‘२०६४ सालमा मत पाए पनि आफ्नै कमजोरीले सफल हुन सकेनौं,' उनले भने,'तेस्रोपटक प्रधानमन्त्री हुँदा मात्रै गल्ती, कमजोरी थाहा भयो अनि सुधारका कामहरू सुरू गर्‍यौं ।’ त्यही सुधारका कामअन्तर्गत भ्रष्टाचारविरूद्ध कदम चाल्दा सरकार ढाल्ने षड्यन्त्र भएको उनले बताए ।

कमीकमजोरी सुधारेर समाज र देश परिवर्तनका लागि नेतृत्व गर्ने चाहना रहेको बताउँदै उनले अब २०८४ मा ०६४ मा जस्तै मत दिन आग्रह गरे । ‘म जीवन रहेसम्म सुशासन र परिवर्तनका लागि काम गर्न चाहन्छु,’ उनले भने, 'अब कमजोरी हुँदैन । म आफूलाई सुधार्न तयार छु । अब जनचाहनाबमोजिम काम गर्छु ।’

माओवादी बिग्रियो, टुटफुट भयो भन्ने गुनासो रहेको बताउँदै उनले अब माओवादी आन्दोलनका सबै पक्षलाई एकजुट बनाउने योजना रहेको जानकारी दिए । ‘अब हामी सच्चिएर सबै माओवादी एकजुट हुने प्रयास गर्छौं,’ उनले भने, 'हामीले बहुमत पाए काम गरेर देखाउँछौं ।’

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १९:२७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology