Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज सिद्धबाबा सुरुङ मार्ग 'ब्रेक थ्रू' हुने

आज सिद्धबाबा सुरुङ मार्ग 'ब्रेक थ्रू' हुने

इच्छाकामना न्युज

११, माघ २०८१
आज सिद्धबाबा सुरुङ मार्ग  'ब्रेक थ्रू' हुने
images

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु (अन्तिम छेड्ने काम) आज  शुक्रबार हुने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग  ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो ।

images
images

ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए ।सुरुङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने तय भएको उनले बताए । 

उनका अनुसार सिदार्थराजमार्ग अन्तर्गत  पर्ने सिद्धबाबा क्षेत्रमा ११०० मिटर लामो सुरुङ मार्ग ब्रेक थ्रु हुने भएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम भै रहेको उनले जानकारी दिए । सुरुङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । 

चिनियाँ ठेकदार कम्पनीले गरिरहेको उक्त काम सम्पन्न नजिक पुगेको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।

सुरुङ् मार्गले गुल्मी,पाल्पा, स्याङ्जा,कास्की, पर्वत लगायतका जिल्लामा सवारीसाधन आवतजावतलाई सहज हुने र सम्भावित दुर्घटनाहरुबाट बच्न  सहज  हुने विश्वास लिएको छ । प्रधानमन्त्री ओलीबाट बुटवल–गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - ०९:१९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology