Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगीप्रति सजग रहन प्रहरीको अनुरोध

सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगीप्रति सजग रहन प्रहरीको अनुरोध

इच्छाकामना न्युज

७, फाल्गुण २०७७
सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगीप्रति सजग रहन प्रहरीको अनुरोध
images

काठमाडाैं, ७ फागुन । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीले आग्रह गरेको छ । सामान सस्तो मूल्यमा छ भनी विज्ञापन गरेर पैसा जम्मा गर्न लगाएर बैंकमार्फत वा आईएमई गरेर पैसा माग्ने गरेको फेला परेको प्रहरीले जनाएको छ ।

images
images

लोभमा परेर धेरै मानिस ठगिएकाले त्यस्ता गतिविधिप्रति सचेत हुन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले आग्रह गरे । रकम जम्मा गरेपछि सामान आइपुग्ने भनेर आश्वासन दिने र रकम प्राप्त भएपछि गिरोह बेपत्ता हुने गरेको पाइएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले विभिन्न व्यक्तिबाट परेको जाहेरीका आधारमा केही बैंकका खातावाहकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रहरीले एक सूचना जारी गरी बजार मूल्यभन्दा कममा सामान पाइने भन्दैमा सामाजिक सञ्जालमा प्रकाशित नक्कली विज्ञापनलाई विश्वास गरी कारोबार नगर्न पनि सबैमा अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - २०:३७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology