Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तनहुँमा १४ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने

तनहुँमा १४ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने

इच्छाकामना न्युज

१०, माघ २०८१
तनहुँमा १४ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने
images

तनहुँ, माघ १० गते । तनहुँमा १४ हजारभन्दा बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । दुई चरणमा गरी सो खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

images
images

कार्यालयका अनुसार पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका देवघाट गाउँपालिका, आबुँखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका गरी पाँच पालिकाका ४४ वटा वडामा खोप लगाइनेछ  ।

दोस्रो चरणमा माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका भिमाद गरपालिका, म्याग्दे गाउँपालिका ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका पाँच पालिकाका ४१ वटा वडामा खोप लगाइनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई सो खोप लगाइनेछ । खोपका लागि दुई सय ५९ वटा आधारभूत र माध्यमिक विद्यालयलाई केन्द्र तय गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार जिल्लाभर दुई सय ५९ जना स्वास्थ्यकर्मी र ५१८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् । उक्त अभियानमा तनहुँका १४ हजार २७८ जना उक्त उमेर समूहका किशोरीहरुलाई एचपिभी खोप दिइने लक्ष्य रहेको अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार जिल्लामा विद्यालय जाने १० देखि १४ वर्ष उमेर सम्मका किशोरीको सङ्ख्या १४ हजार ७८ र विद्यालय नजाने उक्त उमेर समूहका किशोरीको सङ्ख्या दुई सय छ । विद्यालय जाने उक्त उमेर समूहका किशोरीको सङ्ख्या सबैभन्दा धेरै व्यास नपामा तीन हजार आठ सय ४५ छ भने सबैभन्दा कम घिरिङ गाउँपालिकामा पाँच सय ८० छन् ।

त्यसैगरी विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीको सङ्ख्या सबैभन्दा धेरै शुक्लागन्डकी नगरपालिकामा एक सय १५ जना छन् । त्यसपछि बन्दिपुर गाउँपालिकामा ३६ जना छन् । विद्यालय नजाने उक्त उमेर समूहका किशोरीहरु भानु नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकामा शून्य  छ ।

नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये एक हजार ३१३ जनाको उक्त रोगले गर्दा मृत्यु हुने गर्छ । हरेक दिन चार महिलाको पाठेघरको क्यान्सरले गर्दा मृत्यु हुने गरेपछि सरकारले १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो ।

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - २०:२६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology