Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

सरकार ढले नेपाली कांग्रेससँग सत्ता समिकरण : प्रचण्ड

सरकार ढले नेपाली कांग्रेससँग सत्ता समिकरण : प्रचण्ड

images
सरकार ढले नेपाली कांग्रेससँग सत्ता समिकरण : प्रचण्ड
images

चितवन, माघ ८ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले सरकार ढले नेपाली कांग्रेससँग सत्ता समिकरण हुने बताएका छन् । मंगलबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता छिट्टै ढल्ने समेत दाबी गरे ।

‘मैले त यो सरकार २०८४सम्म गइदिएहुन्थ्यो भनेको छ । सरकारको गतिविधिले धेरै दिन जाँदैन,’प्रचण्डले थपे ‘२०८४सम्म नै सरकार गएन भने हाम्रो पार्टनर कांग्रेस छँदै छ ।’ उनले माओावदीको प्राथमिकता अहिले सरकार नभएको समेत स्पष्ट पारे ।

‘मैले धेरैचोटी भनेको छु । हाम्रो प्राथमिकता संगठन सुदृढीकरण गर्ने कुरामा छ । सरकार हाम्रो प्राथमिकतामा होइन’,–उनले भने । प्रचण्डले अहिलेको सरकार पारदर्शी समेत नभएको जिकिर गरे । ‘मैले प्रष्ट भन्ने गरेको छु । यो प्राकृतिक छैन । स्वभाविक छैन । पारदर्शी पनि छैन । गरेका कामहरु उल्टा उल्टा भएका छन् । अहिले अध्यादेशसम्म आउँदा त लाजमर्दो भएको छ,’–उनले भने ।

प्रचण्डले सरकार फेरबदलको विषयमा पत्रकारसँग जबाफ दिइरहँदा नेपाली कांग्रेसका नेता डा शशांक कोइराला र चन्द्र भण्डारीसँगै थिए । सो क्रममा कोइरालाले राजनीतिमा जे पनि हुने बताए । उनले भने ‘ठूलो दलहरू मिलेर स्टेबल सरकार जुन बनेको छ, एक किसिमको स्टेबल नै छ । राजनीतिमा जे पनि हुन्छ, नहुने त होइन । तर, हामीले स्थिर सरकार दियौं भने विकासको काम हुन्छ ।’

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १९:०६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology