Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

रवि आज भैरहवा बस्ने, भोलि रुपन्देही जिल्ला अदालतमा हाजिर हुने

रवि आज भैरहवा बस्ने, भोलि रुपन्देही जिल्ला अदालतमा हाजिर हुने

images
रवि आज भैरहवा बस्ने, भोलि रुपन्देही जिल्ला अदालतमा हाजिर हुने
images

रुपन्देही । रुपन्देही जिल्ला अदालतमा हाजिर हुन त्यसतर्फ गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भैरहवा बस्ने भएका छन् ।

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतमा हाजिर हुन उनी मंगलबार अपराह्न काठमाडौंबाट भैरहवा पुगेका हुन् । उनी भोलि बुधबार अदालतमा उपस्थित हुने रास्वपा रुपन्देहीका अध्यक्ष डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने आज भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बस्ने बताइएको छ । त्यहाँ उनले कार्यकर्तासँग भेटघाटसमेत गर्ने भैरहवास्थित रास्वपाका नेताहरूले बताएका छन् ।

लामिछानेमाथि रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ । भोलि अदालतमा हाजिर भएपछि सुरुमा उनको बयान हुनेछ । त्यसपछि थुनछेक बहस प्रारम्भ हुनेछ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने र पूर्वडीआईजीसमेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जीबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो ।

पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछानेसँग चार करोड बढी बिगो माग गरिएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १८:४५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology