देवघाट, माघ ८। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहानै चितवनको देवघाट पुगेका छन् । योगी नरहरिनाथको तपस्थली अवलोकन गर्न प्रचण्ड बिहानै देवघाट पुगेका हुन् ।
योगी नरहरिनाथवेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् एवं आजीवन अन्वेषकका रूपमा चिनिन्छन् ।
संस्कृत, हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका कृतिहरू प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन् । उनले यो कुटीमा बसेर पनि केही रचना गरेको पढ्न पाइन्छ ।
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार -
०८:३३:४६ बजे
इच्छाकामना न्युज
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।