Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रानीखोला माविमा नियम विपरित शिक्षक नियुक्ती गरेको भन्दै बदर गर्न शिक्षक संघ इच्छाकामनाद्वारा गाउँपालिकालाई बुझायो ज्ञापन पत्र

रानीखोला माविमा नियम विपरित शिक्षक नियुक्ती गरेको भन्दै बदर गर्न शिक्षक संघ इच्छाकामनाद्वारा गाउँपालिकालाई बुझायो ज्ञापन पत्र

रानीखोला माविमा नियम विपरित शिक्षक नियुक्ती गरेको भन्दै बदर गर्न शिक्षक संघ इच्छाकामनाद्वारा गाउँपालिकालाई बुझायो ज्ञापन पत्र
images

कुरिनटार । नेपाल शिक्षक संघ इच्छाकामनाले शिक्षक नियमावली विपरित शिक्षक नियुक्त गरेको भन्दै नियुक्ती पत्र बदर गर्न माग गरेका  छन् ।  इच्छाकामना गाउँपालिकाले नियम विपरित बिना प्रतिष्पर्धा सिधै नियुक्ती गरेका शिक्षकको नियुक्ति बदर गर्न माग गर्दै आज गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका  हुन् ।   

images
images

संघका अध्यक्ष यान बहादुर गुरुङ र  सचिव  सञ्जिव सिलवालद्वारा संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ । 

शिक्षक नियमावली २०५९ को नियम ९६ (क), ९७ र र शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम १८को भावना र मर्मत विपरित  आधारभूत विद्यालय कापेको प्रावि राहात दरर्बन्दीमा परिक्षा बिना सिधै शिक्षक नियुक्ती गरेको एक बर्ष नबित्दै पुन ः इच्छाकामना गाउँपालिकाको मिति २०८१ पौष २१ गतेको निर्णय अनुसार रानीखाला माविको निजि शिक्षकमा बिना परिक्षा सिधै शिक्षक छनौट गरेर  नियुक्ती दिने जुन खालके शैक्षिक अनियमितता गरेको छ, यो सिङ्गो शिक्षा समुदायमाथिको ठाडो र नाङ्गो हस्तक्षेप हो ।  शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने महान अभियानलाई बीचमै छोडेर  यस्तो अपरिपक्क हर्कत गर्नपछि नपर्ने इच्छाकामना गाउँपालिकाको कार्यशैलीप्रति नेपाल शिक्षक संघ इच्छाकामनाले गम्भीर ध्यानाकर्षण भएको छ । साथै अबैधानिक तवरबाट गरिएको शिक्षक छनौट प्रक्रिया सच्याउनको लागि  इच्छाकामना गाउँपालिकालाई तीन दिने अल्टिमेटम दिइको ब्याहोरा जानकारी गराईन्छ ।   यदि यस्तो अवैधानिक रुपमा नियुक्ति गरेका शिक्षकहरुको नियुक्ति पत्र त्रदर गरेर बैधानिक प्रक्रिया सुरु नगरेमा नेपाल शिक्षक संघ इच्छाकामना गाउँ कार्यसमितिको आवहनमा चौथो दिनदेखि सशक्त आन्दोलन सुरु हुने अवगत गराउँदछौँ ।  

474132545_3566749023468519_8448479932407059006_n (1)1737297987.jpg
 

images
प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - २२:३३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology