Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुन : हिमलाल अधिकारी

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुन : हिमलाल अधिकारी

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुन  :  हिमलाल अधिकारी
images

इच्छाकामना । एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना गाउँ समितिको पुर्नगठन गरिएको छ ।

images
images

इच्छाकामना मन्दिर प्राङ्गणमा सम्पन्न गाउँपालिकाको दोश्रो गाउँपरिषदबाट हिमलाल अधिकारीको अध्यक्षतामा १५ सदस्यीय गाउँ कार्य समिति पुर्नगठन गरिएको हो । गाउँपरिषदले वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल, महिला उपाध्यक्षमा भगवती अर्याल, सचिवमा मदन कुमार चेपाङ र सह–सचिव अर्थमा सोविता थापा मगरलाई चयन गरिएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना अध्यक्ष हिमलाल अधिकारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख आतिथ्यतामा गाउँपरिषद सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका वागमती प्रदेश सदस्य सावित्रा सिलवाल, इच्छाकामनाका सह–इन्चार्ज हरि बहादुर थापा, इच्छाकामनाका अध्यक्ष रामहरि कडेँल, एकिकृत अखिल नेपाल शिक्षक संगठन चितवनका वरिष्ठ उपाध्यक्ष लेखनाथ भट्ट, केन्द्रिय परिषद सदस्य इश्वरविलास अधिकारी, प्रदेश सदस्य लोक बहादुर मगर र तूूल बहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा नेकपा माओवादी केन्द्रका नवनिर्वाचित समितिलाई सम्मान गरिएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना र इच्छाकामना बुद्धिजिवि संगठन गाउँ कार्य समितिले नवनिर्वाचित समितिलाई सम्मान गरिएको हो । नेकपा माओवादी केन्द्र इच्छाकामनाको. दोश्रो सम्मेलनबाट रामहरि कडेँलको नेतृत्वमा नयाँ कार्यसमित निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - ०९:४७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology