Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

सहिद लखन गाउँपालिकामा घरदैलोमै मृत्युदर्ता र जन्मदर्ताको प्रमाणपत्र उपलब्ध

सहिद लखन गाउँपालिकामा घरदैलोमै मृत्युदर्ता र जन्मदर्ताको प्रमाणपत्र उपलब्ध

सहिद लखन गाउँपालिकामा घरदैलोमै मृत्युदर्ता र जन्मदर्ताको प्रमाणपत्र उपलब्ध

गोरखा । सहिद लखन गाउँपालिका–८ को वडा कार्यालयले जन्मदर्ता र मृत्युदर्ताको प्रमाणपत्र घरदैलोमै उपलब्ध गराउन थालेको छ ।

images

गत कात्तिक २९ गते वडा समितिको बैठकबाट निर्णय गराएर व्यक्तिगत घटना दर्ता प्रमाणपत्र घरदैलोमा पुगेर वितरण गरिएको वडाध्यक्ष वासुदेव ढकालले बताए ।

हालसम्म १४ जनाको मृत्युदर्ताको प्रमाणपत्र र ३ जनाको जन्मदर्ता प्रमाणपत्र घरदैलोमा पुगेर हस्तान्तरण गरिएको उनले बताए ।

‘गतवर्षदेखि ‘मृतकका परिवारसँग गाउँपालिका’ भन्ने नीति गाउँपालिकाले लिएको थियो, काजकिरियाको १३ दिनको अवधिमा ‘जनप्रतिनिधि मृतकको परिवारसँग’ भेट्ने सान्त्वना दिने नीति छ,’ उनले भने, ‘परिवारका सदस्यलाई वडासम्म आउन झन्झट पनि हुँदैन भनेर हाम्रो वडाले भने भेट्न जाँदा प्रमाणपत्र पनि उपलब्ध गराउन थालेको हो ।’

 

वडा सदस्यमार्फत मृतकको विवरण र फोटो संकलन गरी प्रमाणपत्रसहित परिवारलाई भेट्न जाने गरेको उनले बताए । उक्त सेवाप्रवाह सुरु भएसँगै वडावासीलाई जन्मदर्ता र मृत्युदर्ता प्रमाणपत्र लिन वडा कार्यालयसम्म आउनुपर्ने वाध्यता नरहने उनले बताए ।

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - १९:१७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology