Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

अनेम संघ चितवनको प्रथम बैठक सम्पन्न, ५१ प्रतिशत महिला पार्टी सदस्य पुर्याउने लक्ष्य

अनेम संघ चितवनको प्रथम बैठक सम्पन्न, ५१ प्रतिशत महिला पार्टी सदस्य पुर्याउने लक्ष्य

images
अनेम संघ चितवनको प्रथम बैठक सम्पन्न, ५१ प्रतिशत महिला पार्टी सदस्य पुर्याउने लक्ष्य
images

चितवन, माघ २ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चितवनको प्रथम बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) पार्टी कार्यालय चितवनमा सम्पन्न बैठकले विविधि विषयमा छलफल गर्दै केही निर्णयहरु समेत गरेको छ ।

अनेमसंघ चितवनकी सदस्य शोभा पण्डितका अनुसार बैठकमा नवौं जिल्ला सम्मेलनको समिक्षा, आगामि कार्ययोजना तय र महिलाहरुको हक हितका लागि अझै सक्रिय भएर लाग्ने निर्णय गरेको छ ।

त्यसैगरी ५१ प्रतिशत महिलाको अधिकार मागिरहँदा पार्टी सदस्य पनि ५१ प्रतिशत पुर्याउने लक्ष्य अनेमसंघ चितवनले लिएको उनले जानकारी दिइन् । गत पुष २७ गते सम्पन्न अनेमसंघ चितवनको नवौं जिल्ला सम्मेलनले सरस्वती कतिलाको अध्यक्षतामा ९९ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो ।

आज २ जना मनोनित गरेर १०१ सदस्यीय जिल्ला कमिटी बनाइएको छ । आवश्यकता अनुसार अझै केही संख्या मनोनित गर्ने अनेमसंघ चितवनको तयारी छ ।

आजको बैठकमा अनेम संघकी केन्द्रीय अध्यक्ष टुका भद्र हमाल, एमाले केन्द्रीय सदस्य प्रभा बराल, एमाले चितवनका अध्यक्ष कमल राज पाठक, अनेम संघ केन्द्र र प्रदेशमा चितवनबाट प्रतिनिधित्व गर्ने नेताहरुको समेत उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - २२:५३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology