Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तेह्रथुममा चट्याङ लागेर ५३ वर्षिय खड्काको मृत्यु

तेह्रथुममा चट्याङ लागेर ५३ वर्षिय खड्काको मृत्यु

विकाश गुरुङ

६, फाल्गुण २०७७
तेह्रथुममा चट्याङ लागेर ५३ वर्षिय खड्काको मृत्यु
images

तेह्रथुम, ६ फागुन । जिल्लाको लालीगुराँस नगरपालिका वडा नं ७ फिर्केका ५३ वर्षिय कृष्णबहादुर खड्काको चट्याङ लागेर मृत्यु भएको छ। बिहिबार दिउँसो तीन बजे बर्षासँगै परेको चट्याङले खड्काको मुत्युभएको हो।
आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि स्थानीयले प्राथमिक स्वाथ्य केन्द्र वसन्तपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमका प्रहरी निरिक्षक मान प्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
मृतकको शव अहिले प्राथमिक स्वाथ्य केन्द्र वसन्तपुरमा राखिएको छ। शवलाई पोष्टमार्टमका लागि भोली शुक्रबार जिल्ला अस्पताल तेह्रथुम लैजाने श्रेष्ठले बताउनुभयो।

images
images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - २१:४६:४५ बजे

विकाश गुरुङ

पत्रकार गुरुङ तेह्रथुममा सञ्चालित रेडियो तीनजुरे १०३.८ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology