आँबुखैरेनी, १ माघ । तनहुँको आँबुखैरेनीमा दशौं राष्ट्रिय योग दिवस - २०८१ मनाईएको छ । "स्वास्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग"भन्ने मूल नाराका साथ आँबुखैरेनी गाउँपालिका वडा नं. ३, स्थित आँबुखैरेनी फुट्सलमा मंगलबार बिहान एक विशेष कार्यक्रम गरी दशौं राष्ट्रिय योग दिवस मनाईएको हो ।
आँबुखैरेनी योग तथा खुसी समाजका अध्यक्ष पम्फा देवी श्रेष्ठको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा योग साधक साधिकाहरुद्वारा योग अभ्यास, विभिन्न प्रकारका आसन प्रदर्शनी, तथा योग अभ्यासमा आएपछिको आफू भित्र शारीरिक तथा मानसिक दुवै रूपबाट आएको सकारात्मक परिवर्तनहरु व्यक्त गरेका थिए ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले समाजमा योगको क्षेत्र विस्तार गर्नका लागि आवश्यकता अनुसार गाउँपालिकाले सहयोग गर्ने र निरन्तर योग साधना गर्नका लागि सम्पुर्णलाई आग्रह गर्नु भएको छ ।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्याल, वार्ड नम्बर ४ का अध्यक्ष मिलन भुजेल, वार्ड नम्बर ३ का सदस्य मनाेज श्रेष्ठ, देउराली योग तथा स्वस्थ समाज गोरखाका संयोजक उप - योग शिक्षक सुनिता श्रेष्ठ, लायन्स क्लव अफ आँबुखैरेनी अकलाका वर्तमान अध्यक्ष शुभ जोशी, संस्थापक अध्यक्ष तुलसी खनाल, भू.पु. अध्यक्ष विमला श्रेष्ठ, त्रिशक्ति महिला जागरण समुहका अध्यक्ष्य विष्णु माया घिमिरे, प्रगति टोल महिला समूहका अध्यक्ष बसुन्धरा कार्की, एमटिबी आँबुखैरेनी साईकलिङ संघका अध्यक्ष सोम गुरुङ लगायत समाजका पदाधिकारी ,सह - योग शिक्षक एबं योग साधक साधिकाहरुको उपस्थिति रहेको आँबुखैरेनी योग तथा खुसी समाजका अध्यक्ष पम्फा देवी श्रेष्ठले जानकारी दिनुभयो ।