Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

रामशाह माविले शनिबार ५४ औं वार्षिक उत्सव भव्य रुपले मनायो 

रामशाह माविले शनिबार ५४ औं वार्षिक उत्सव भव्य रुपले मनायो 

images

इच्छाकामना न्युज

२८, पौष २०८१
रामशाह माविले शनिबार ५४ औं वार्षिक उत्सव भव्य रुपले मनायो 
images

आँबुखैरेनी, २८ पौष । तनहुँको आँबुखैरेनीमा रहेको रामशाह माध्यमिक विद्यालयले शनिबार आफ्नो ५४ औं वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोह भव्य रुपले मनाएको छ ।

आँबखैरेनी गाउँपालिका वडा नं. ३, स्थित विद्यालयको प्राङ्गणमा एक भव्य कार्यक्रमको आयोजना गरी विद्यालयको ५४ औं वार्षिक उत्सव भव्य रुपले मनाईएको विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले बताए । विद्यालयको वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोहको तनहुँ क्षेत्र नं. १ का संघिय सांसद डा. स्वर्णिम वाग्लेले समुद्घाटन गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिनेश के.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त समारोहमा ४ दशक विद्यालयमा अध्यापन गराउने हुने शिक्षक प्रेम बहादुर अछामीलाई सम्मान तथा विदाई गरिएको थियो ।

यस्तै, सो अवसरमा विद्यालयका उत्कृट कक्षागत २२ जना शिक्षक–शिक्षिकालाई सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा तनहुँ क्षेत्र नं. १ का संघिय सांसद डा. स्वर्णिम वाग्ले, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा नं. ३ का वडाअध्यक्ष दिनेश के.सी लगाएतको उपस्थिती रहेको थियो ।

बार्षिक उत्सव समारोहमा विद्यालयका विद्याथीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम, नेपाल रेडक्रस तथा स्काउटका विद्यार्थीहरुद्धारा मार्च पास, स्काउटका विद्यार्थीहरुद्धारा जिप लाईन तथा स्काउट नृत्य प्रस्तुत, शिक्षिकाहरुद्धारा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक राजेश सुनामले गर्नुभएको थियो । 

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - ०९:४४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology