Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

images

इच्छाकामना न्युज

२७, पौष २०८१
राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
images

काठमाडौँ ।  सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । संघले आज विशेष सर्कुलर जारी गर्दै आगामी दिनमा संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको लागि ७७ वटै जिल्लाबाट उपस्थित प्रतिनिधिको उपस्थितीमा विशेष रणनीति बनाउने जनाएको छ ।

वर्तमान समयमा युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरु खोज्ने भएको हो । संघले आगामी दिनमा शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशीता र निवनतामा आधारिकत योजनाहरु तर्जुमा गर्दै युवालाई नीति निर्माणमा सहभागी गराउने रणनीति बनाउने भएको छ ।
 
संघका महासचिव सुमन पुरीले जारी गर्नुभएको विशेष सर्कुलरमा भनिएको छ, ‘राष्ट्रिय युवा संघ, केन्द्रीय कमिटीको आयोजनामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको छ, जसको मूख्य लक्ष्य शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशिता र नविनतामा आधारित योजनाहरुलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने रहेको छ । तसर्थ उक्त कार्यक्रमको लागि तपशिल बमोजिमको मिति, स्थान र समय तथा प्रतिनिधिहरु छनोट गरि माघ ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन हुन मातहतका सम्पूर्ण कमिटीहरुलाई निर्देशन गरिएको छ ।’
 

संघले भेलाको लागि करिव १७ सय ५० जनाभन्दा बढी प्रतिनिधिहरु उपस्थित हुने जनाएको छ । प्रतिनिधिहरुमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय विज्ञ परिषद्, केन्द्रका ३५ विभागबाट पाँच पाँचजना, आठ वटा प्रदेश कमिटीका पदाधिकारी, साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख, ७७ जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीको साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख तथा काठमाडौँ उपत्यकाका सम्पूर्ण पालिका अध्यक्षहरु प्रतिनिधि हुने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:५३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology