आँबुखैरेनी, २६ पौष । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क स्थित कन्यादेवी माविमा छात्राबास संचालनमा आएको छ ।
छात्राबासको एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ ।
हाल, सो विधालयमा कक्षा ८/९/१० का करिव ४५ जना विद्यार्थी छात्राबासमा बसेर अध्ययन गरिरहेका छन् ।
गाउँपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर शैक्षिक सुधारका विविध कार्यक्रम संचालन गरिरहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।