Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन चितवनको अध्यक्षमा पुनः दधिराम देवकोटा चयन

नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन चितवनको अध्यक्षमा पुनः दधिराम देवकोटा चयन

images

इच्छाकामना न्युज

२४, पौष २०८१
नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन चितवनको अध्यक्षमा पुनः दधिराम देवकोटा चयन
images

चितवन ।नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन चितवनको अध्यक्षमा पुनः दधिराम देवकोटा चयन भएका छन् ।

नेकपा (एमाले) चितवनको पार्टी कार्यालयको सभाहलमा मंगलवार सम्पन्न संगठनको ३४ औं स्थापना दिवस तथा छैठौं अधिवेशनले सर्वसम्मतबाट देवकोटाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । देवकोटा अध्यक्षमा पुनः दोहोरिएका हुन् ।

निर्वाचन समिति अध्यक्ष एवम् एमाले चितवनका सचिवालय सदस्य कृष्ण केसीका अनुसार समितिको उपाध्यक्षहरुमा भेषनाथ चौलागाईं, राजेन्द्र प्रसाद वाग्ले, सचिवमा टुलक दत्त पौडेल, उप सचिवहरुमा रमादेवि भट्ट, शुक्र बहादुर श्रेष्ठ र कोषध्यक्षमा चन्द्र प्रकाश पौडेल चयन भएका छन् । नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन एमाले निकट संगठन हो ।

स्थापना दिवसका अवसरमा संगठनमा रहेर विशिष्ट योगदान पुराउने १२ जना भूपू सैनिक र सैनिकका परिवारलाई सम्मान गरिएको छ ।

स्थापना दिवस तथा अधिवेशनको खुला सत्रमा एमाले चितवनका अध्यक्ष कमल राज पाठक, निवर्तमान अध्यक्ष एवम् प्रदेश कमिटी सदस्य रामप्रसाद न्यौपाने, पूर्व बागमती प्रदेश सभासद कृष्ण भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ०९:४२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology