Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गण्डकी गाउँपालिकाद्धारा घरेलु मदिरा (लोकल रक्सी) लाई ब्राण्डिङ गर्न सुरु

गण्डकी गाउँपालिकाद्धारा घरेलु मदिरा (लोकल रक्सी) लाई ब्राण्डिङ गर्न सुरु

images

इच्छाकामना न्युज

२१, पौष २०८१
गण्डकी गाउँपालिकाद्धारा घरेलु मदिरा (लोकल रक्सी) लाई ब्राण्डिङ गर्न सुरु
images

गोरखा । गण्डकी गाउँपालिकाले घरेलु मदिरा (लोकल रक्सी) लाई ब्राण्डिङ गर्न सुरु गरेको छ । ‘गण्डकी ब्राण्ड’ नाम दिएर स्थानीय बजारमा विक्री वितरण समेत सुरु भइसकेको छ । मदिरा उत्पादन र ब्राण्डिङको जिम्मा पालिकाले महिला समूहलाई दिएको छ । हाल वडा नम्वर २ को जलकन्यादेवी कृषक समूह र वडा नम्वर ६ चिसापानीको महिला समूहले लोकल रक्सी उत्पादन र ब्राण्डिङको काम गरिरहेका छन् ।

उनीहरुलाई पालिकाले आवश्यक तालिम र घरेलु मदिरा उत्पादनका लागि आवश्यक भाडाकुडा वितरण गरेको हो । ‘कोदो र रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत उनीहरुलाई कोदो उत्पादन सम्बन्धी तालिम दियौ,’ उनले भने, ‘रक्सी बनाउने भाडाकुडासँगै वोत्तल र स्टीकर पनि दिएका छौ ।’ कोदो उत्पादन गरेर ती समूहमा बेच्नेलाई प्रति केजी ५ रुपैया अनुदान रकम पालिकाबाट उपलब्ध हुदैँ आएको उनले जानकारी दिए ।

ती समूहरुले आफै रक्सी उत्पादन गर्छन् । शुद्ध कोदो र जडिवुटी मिसाएर उत्पादन गरिएको रक्सीलाई मेसिनमा राखेर अल्कोहलको मात्रा नापिन्छ । अनि लेवल ठिक भए त्यसलाई ब्राण्डिङ गरेर बोत्तलमा राखिन्छ । अनि बाहिर ‘गण्डकी ब्राण्ड’ नामको स्टीकर राखेर बजारमा लगिन्छ । शुद्ध कोदो र जडीवुटी मात्र राखेर रक्सी उत्पादन हुने गरेको वडा नम्वर २ का अध्यक्ष यमबहादुर थापाले बताए ।

‘धेरैजसो रक्सी महिला समूह आफैले पार्नुहुन्छ, अन्तबाट पनि किनेर ल्याउछन् तर शुद्ध कोदो र जडिवुटीको मात्र भए किन्छन्, तर मिसावट वाला लिदैनन्,’ उनले भने । उक्त समूहले उत्पादन गरेर ब्राण्डिङ गरेको रक्सी पातिस्वाँरा मनमोहक होम स्टे सँगै पालिकाभित्र बिक्री वितरण हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार स्थानीय स्तरमा उत्पादित कोदो अपुग हुने गरेको छ । शहिद लखन गाउँपालिकाबाट कोदो किनेर ल्याउने गरेको उनले बताए ।

ब्राण्डिङ गरिएको रक्सी बेनिघाट, हाइवे, लगायतका ठाउँमा बिक्री हुने गरेको छ । बाहिरी जिल्लामा ढुवानीका लागि बैधानिकता नपाएकाले पनि समस्या भएको उनको गुनासो छ । मगरात होम स्टेले पनि लोकल रक्सीलाई ब्राण्डिङ गरेर बेच्न सुरु गरेको उनले जानकारी दिए । बाहिरबाट आउने अखाद्य पदार्थ मिसिएको रक्सी नियन्त्रणमा लागि लोकल रक्सीलाई ब्राण्डिङ गर्न थालिएको पालिकाले जनाएको छ ।

यता अजिरकोट गाउँपालिकाले पनि लोकल रक्सीको ब्राण्डिङ गर्ने अन्तिम तयारी गरेको छ । कानून सम्वत रुपमा जान खोज्दा केही समस्या भएकाले पालिकाले केही मापदण्ड र कार्यविधि बनाएर अघि बढेको पालिका अध्यक्ष दिपक देवकोटाले बताए । ‘होम स्टे लाई यसको जिम्मा दिने हो,’ उनले भने, ‘केही टिमलाई अध्ययन अवलोकनमा समेत लगिसकेका छौ, अव केही समयपछि उत्पादन सुरु हुन्छ ।’

अजिरकोट ब्राण्ड नाम राखेर बजारमा ल्याइने उनले जानकारी दिए । ब्राण्डिङका लागि होम स्टेहरुलाई बोत्तल र स्टिकर सहयोग गरिने बताइएको छ । माघ महिनासम्म ब्राण्डिङ गरेर स्थानीय बजारमा घरेलु मदिरा आउने पालिका अध्यक्ष देवकोटाले जानकारी गराए ।

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - २१:१०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology