मुग्लिन । नेकपा एमाले समर्थित शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामना गाउँपालिका कमिटिको अध्यक्षमा सुजन सापकोटा चयन भएको छ । संगठनको मुग्लिनमा आज शनिबार सम्पन्न तेस्रो पालिका अधिवेशनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले संगठनको पालिका उपाध्यक्षमा टपकुमारी श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिवमा राजु त्रिपाठी, कोषाध्यक्षमा सुरेश गुरुङ, सह–सचिवमा गोमाकुमारी क्षेत्री र सह–कोषाध्यक्षमा चन्द्रकुमारी गुरुङलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै सदस्यहरुमा दिल बहादुर पुरी, आनन्द ओझा, गोपाल सिंजाली मगर, लक्ष्मी पुरी, सुक बहादुर गुरुङ, बालकृष्ण भट्टराई, बिक्रम मगर, बुलबुल थापा, संजिता क्षेत्री, दिलकुमारी गुरुङ, अम्मर कुमारी चेपाङ, ज्ञानकुमारी गुरुङ, निशा गुरुङ, चित्र बहादुर मगर, बुद्धिमान चेपाङ, रञ्जना चेपाङ र श्रीमाया चेपाङ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक एवं नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश कमिटिका सल्लाहकार ज्ञानुदेवी पाण्डेले जानकारी दिए ।

अधिवेशनको समुद्घाटन कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष गोपी सिलवालको सभापतित्व तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडाध्यक्षहरु रुद्र उप्रेती, तेज बहादुर शेरचन, लक्ष्मण चेपाङ, नेकपा एमाले इच्छाकामना अध्यक्ष प्रकाश अधिकारी लगायतको समेत सहभागीता रहेको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले शिक्षकहरुले पेशागत दक्षता, बफादारीतामा चुक्न नहुने बताउनुभयो ।

साथै अधिवेशनमा संगठनमा आवद्ध नयाँ सदस्य शिक्षकहरुलाई खादा र अविरले स्वागत गर्नुका साथै केहि शिक्षक र विद्यालय कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

