Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सन् २०२४ मा मनास्लु क्षेत्रमा मात्रै १० हजार ६ सय ५ विदेशी पर्यटकले भ्रमण गरे

सन् २०२४ मा मनास्लु क्षेत्रमा मात्रै १० हजार ६ सय ५ विदेशी पर्यटकले भ्रमण गरे

इच्छाकामना न्युज

१९, पौष २०८१
सन् २०२४ मा मनास्लु क्षेत्रमा मात्रै १० हजार ६ सय ५ विदेशी पर्यटकले भ्रमण गरे
images

गोरखा । सन् २०२४ मा मनास्लु क्षेत्रमा मात्रै १० हजार ६ सय ५ विदेशी पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का अनुसार यो संख्या सन् १९९५ यताकै सबैभन्दा धेरै हो । 

images
images

निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि भ्रमणका लागि खुला गरेको थियो । पहिलो वर्ष ३ सय ४४ जना पर्यटक मनास्लु क्षेत्र घुमेका थिए भने यो सख्या २४ वर्षमा बढेर १० हजारमाथि पुगेको छ ।

एमक्यापका प्रमुख सन्तोष शेरचनले गत चैत र वैशाख तथा असोज र कात्तिकमा मनास्लु क्षेत्र भ्रमण गर्नेहरूको संख्या उल्लेख्य रहेको बताए । असोजमा २ हजार ४ सय १२, कात्तिकमा ३ हजार ३ सय ३ जना पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । गत चैतमा १ हजार ८ सय ११ तथा वैशाखमा १ हजार १ सय ३२ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । शेरचनले भने, ‘सन् २०२३ को तुलनामा सन् २०२४ मा १६ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ ।’

मार्च, अप्रिल र मे तथा अक्टोबर र नोभेम्वरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ । शेरचनले सुनाए, ‘ट्रेकिङका लागि मनास्लु क्षेत्र आकर्षक गन्तव्य हो, सडक सञ्जालको विस्तार नभएकाले पनि ट्रेकिङका लागि पर्यटकले मनास्लु रोज्ने गरेका छन् ।

images
प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - २१:०९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology