Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने

सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने

images

रासस

१९, पौष २०८१
सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने
images

काठमाडौँ, पुस १९ गते । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । 

भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक उल्का वर्षा हुने उहाँले बताउनुभयो । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ । उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले उल्लेख गर्नुभयो ।

अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन् । उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमीमाथि वायुमण्डलमा देखिनेछन् । 

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्रगतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली बोलचालमा ‘तारा खसेको’ पनि भनिन्छ । रासस

images
प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - २०:५२:०३ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology