Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मध्यमर्स्याङ्दीको विद्युत् उत्पादन घट्दै

मध्यमर्स्याङ्दीको विद्युत् उत्पादन घट्दै

images

रासस

१८, पौष २०८१
मध्यमर्स्याङ्दीको विद्युत् उत्पादन घट्दै
images

लमजुङ,  पुस १८ गते ।  बेँसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो ।

आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ । अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उहाँको भनाइ छ । हाल आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन भइरहेको प्रमुख बस्नेतले बताउनुभयो । आगामी फागुनसम्म उत्पादन घट्ने उहाँले बताउनुभयो ।

गतवर्ष पनि विद्युत् उत्पादन घटेर २५ मेगावाटमा झरेको थियो । सो आयोजना सन् २००८ मा रु. २७ अर्ब २० करोडमा निर्माण सम्पन्न भएको थियो । जिल्लामा निर्माण सम्पन्न भएका अन्य  विद्युत् आयोजनाको पनि उत्पादन घट्न थालेको छ ।  

दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन घट्न थालेको जनाइएको छ । भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना, दोर्दी गाउँपालिका–६ स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाको पनि विद्युत् उत्पादन घट्न थालेको छ । रासस

images
प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - १५:४४:०६ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology