Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपाली सेनाद्धारा उपर्दाङगढी संरक्षणसम्बन्धी छलफल र सरसफाइ

नेपाली सेनाद्धारा उपर्दाङगढी संरक्षणसम्बन्धी छलफल र सरसफाइ

इच्छाकामना न्युज

५, फाल्गुण २०७७
नेपाली सेनाद्धारा उपर्दाङगढी संरक्षणसम्बन्धी छलफल र सरसफाइ


चितवन फाल्गुन,५।भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ ।गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच मङ्गलबार उपरदाङगढी संरक्षणका विषयमा छलफल र सरसफाइ गरिएको हो । सो अवसरमा उपरदाङगढी रहेको इच्छाकामना गाउँपालिका–७ का वडाध्यक्ष बमबहादुर थापा, उपरदाङगढी संरक्षण समितिका अध्यक्ष झलक रानामगर, सचिव गणेशबहादुर थापा, बालकुमारी टोल विकास संस्थाका अध्यक्ष अमरबहादुर गुरुङलगायतले उपरदाङगढीको ऐतिहासिक महत्वका बारेमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा सेनानी वासु खत्री, विक्रम अधिकारीसहितको उपस्थिति थियो ।सन् १९६० को दशकमा सो ठाउँ चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व विभागका अनुसार यस क्षेत्रमा तत्कालीन समयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालय रहेका थिए । तत्कालीन दाहाखानी गाउँ विकास समितिमा पर्ने सो स्थान सामुद्रिक सतहदेखि एक हजार २७५ मिटर उचाइमा रहेको छ । बाइसे–चौबीसे राज्य एकीकरणका समयमा अङ्ग्रेज फौजविरुद्ध युद्धको समयमा नेपालको रक्षाका लागि सन् १८०० को शुरुआतमा शत्रुभञ्जन शाहले सो गढी निर्माण गरेको बताइन्छ । सो स्थानमा तीन फिट चौडाइ तथा छ फिट उचाइ भएको प्रवेशद्वार, कोतघर, कालिका र सिद्धबाबाको प्रतिमा, इनारलगायतका संरचना छन् ।ढुङ्गा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाइ तीन फिट छ । यस स्थलमा नौवटा सेन्ट्रीपोष्ट, चारै दिशा तोप पड्काउने नौवटा खुला झ्याल बनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान् शिव र कालिकाको मन्दिरको भग्नावशेष रहेको इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले जानकारी दिनुभयो । गढीको प्रवेशद्वारमा गणेश मन्दिर रहेको छ । बज्रयोगिनी, बालकुमारी देवीको मन्दिर पनि सँगै छ । नेपाली सेनाले गढीहरुको संरक्षण गर्दै आएको छ ।

images

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १२:००:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology