Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

शहिद लखन गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

शहिद लखन गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

१२, पौष २०८१
शहिद लखन गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
images

गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाको आ. व. २०८१/८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

FB_IMG_1735315488827.jpgगाउँपालिका अध्यक्ष रमेश थापाको अध्यक्षतामा वडा नं. ९ स्थित जनशक्ति माध्यमिक विद्यालयको सभाहलमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, संघ-संस्थाहरू तथा वडाबासीहरूको उपस्थिति रहेको थियो। सहमत मिडिया प्रा.लि.ले कार्यक्रमको सहजीकरण गर्दै ९ वटै वडाको अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए, जसमा वडास्तरीय गतिविधि, सेवा प्रवाह, सुधारका आवश्यक पक्षहरू तथा सूचना प्रवाह सम्बन्धी विवरण प्रस्तुत गरिएको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी र जनमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - २२:०२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology