गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाको आ. व. २०८१/८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष रमेश थापाको अध्यक्षतामा वडा नं. ९ स्थित जनशक्ति माध्यमिक विद्यालयको सभाहलमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, संघ-संस्थाहरू तथा वडाबासीहरूको उपस्थिति रहेको थियो। सहमत मिडिया प्रा.लि.ले कार्यक्रमको सहजीकरण गर्दै ९ वटै वडाको अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए, जसमा वडास्तरीय गतिविधि, सेवा प्रवाह, सुधारका आवश्यक पक्षहरू तथा सूचना प्रवाह सम्बन्धी विवरण प्रस्तुत गरिएको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी र जनमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।