Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

माओत्सेतुङ, जसले कहिल्यै दाँत माझेनन्

माओत्सेतुङ, जसले कहिल्यै दाँत माझेनन्

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
माओत्सेतुङ, जसले कहिल्यै दाँत माझेनन्
images


काठमाण्डौँ,फागुन५।जंगली युगमा बाँच्नेहरु बाहेक शायदै कोही होला, जसले दाँत सफा गर्न ब्रश नगरेको होस । तर विश्वका शक्तिशाली ब्यक्तित्वहरुमा गनिने एक ब्यक्ति थिए जसले आफ्नो जीवनमा कहिल्यै पनि दाँत सफा गर्न मन्जनको प्रयोग गरेनन् । अर्थात ब्रश गरेनन् ।उनी हुन चिनियाँ सर्वहाराबादी साँस्कृतिक क्रान्तिका महान नेता माओत्से तुंग । माओका चिकित्सकको रुपमा काम गरिसकेका डाक्टर ‘जी शी ली’ ले माओको बारेमा एक पुस्तक लेखेका छन । जुन पुस्तकको नाम हो, ‘द प्राइभेट लाइफ अफ चेयरमेन माओ’ ।

mao (1).jpg

यो पुस्तकमा जी शी लीले माओका बारेमा निकै आश्चर्यजनक तथ्यहरु उल्लेख गरेका छन । जी शी लीद्वारा लिखित पुस्तकका अनुसार माओ जब सुतेर उठ्थे, दाँत सफा गर्नका लागि ब्रश गर्नुको सट्टा चियाले कुल्ला गर्थे । यो उनको हरेक ब्युँझाइपछिको नित्य कर्म थियो । उनको दाँत हेर्दा यस्तो लग्थ्यो, मानौं कसैले उनको दाँतमा हरियो रंग पोतिदिएको होस ।यति मात्रै हैन, माओले निकै कम मात्रै नुहाउँथे । यस्तो भनिन्छ कि, माओलाई नुहाउन मन पर्दैनथ्यो । माओत्से तुंगको सुत्ने र उठ्ने समय आम मानिसको भन्दा ठीक उल्टो थियो । उनको दिन रातबाट शुरु हुन्थ्यो । अनि रात दिनबाट शुरु हुन्थ्यो । अर्थात सारा संसार सुत्दा उनको काम शुरु हुन्थ्यो । जब उज्यालो हुन लागेर दुनियाँ जाग्न शुरु हुन्थ्यो, तब मात्रै माओ सुत्न जान्थे ।माओको बारेमा अर्को एक रोचक प्रशंग के छ भने, उनी सधैं आफ्नै पलङमा मात्रै सुत्थे । उनी कहिल्यै पनि अर्काको पलङमा सुतेनन् । उनी अन्यत्र वा विदेश जाँदा पनि पलङ साथै लैजान्थे ।सन १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको शाओशान गाउँमा जन्मिएका माओ विश्वका प्रभावशाली ब्यक्तिहरुमा पर्छन । विश्व प्रसिद्ध पत्रिका टाइमले माओलाई २०औं शताब्दीका १०० जना प्रभावशाली ब्यक्तिहरुको सूचीमा राखेको थियो ।चिनियाँहरु माओलाई महान प्रशासक मान्छन । उनीहरुका अनुसार, आफ्नो नीति र कार्यक्रमद्वारा चीनमा आर्थिक, प्राविधिक र साँस्कृतिक विकास गर्नुका साथै विश्वको मुख्य शक्तिको रुपमा स्थापित गर्ने एक मात्र ब्यक्ति माओत्से तुङ हुन ।माओले सन १९५८ मा गरेको एक गल्तीले करोडौं मानिसहरुको ज्यान गएको थियो । त्यसबेला माओले ‘फोर पेस्ट क्याम्पियन’ नामक अभियान चलाएका थिए । त्यो अभियानमा उनले लामखुट्टे, माखा, मुसा र भंगेरा चरा मार्ने आदेश दिएका थिए । तर यसको परिणाम निकै घातक साबित भयो ।देशभर भयानक अनिकाल पर्यो । जसका कारण भोकमरीको अवस्था उत्पन्न भयो । त्यसबेला भोकमरीका कारण १५ मिलियन अर्थात १।५० करोड मानिसहरुको मृत्यु भएको डेलिहन्टले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १६:४१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology