Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

मनकामना केबुलकारको सेवा आजबाट सुचारु

मनकामना केबुलकारको सेवा आजबाट सुचारु

images
मनकामना केबुलकारको सेवा आजबाट सुचारु
images

इच्छाकामना । नेपालको पहिलो केबलकार मनकामना केबलकार आज बुधवारबाट सुचारु भएको छ ।

मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै २ दिन सम्म टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आजबाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचानले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गते देखि पुस २ गते सम्म २ दिन मनकामना केबलकार बन्द गर्नु परेको उहाँले बताउनुभयो । २०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो ।

२६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएता पनि टावरमा मर्मत कार्य गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ ।

२ दिन सम्म मनकामना केबुलकार बन्द हुन पुगेकोमा सम्पूर्ण नागरिकमा मनकामना दर्शन प्रालिले क्षमा याचना समेत गरेको सूचना उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - १०:४८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology