Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

आर्थिक अभावका कारण गोरखा दलभञ्ज्याङ्गकी क्यान्सर पिडित २ वर्षीया बालिकाको उपचारमा समस्या

आर्थिक अभावका कारण गोरखा दलभञ्ज्याङ्गकी क्यान्सर पिडित २ वर्षीया बालिकाको उपचारमा समस्या

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
आर्थिक अभावका कारण गोरखा दलभञ्ज्याङ्गकी क्यान्सर पिडित २ वर्षीया बालिकाको उपचारमा समस्या
images

दलभञ्ज्याङ, ३ फागुन । गोरखा गण्डकी गाउँपालिका ६ दलभञ्ज्याङ्गकी कृष्मा ग्यामी मगरलाई हेर्दा केहि भएजस्तै लाग्दैन। उमेरले उनी अहिले मात्र २१ महिनाकी भईन्। उमेर सानै भएको कारण उनले आफुलाई के बिरामी भएको छ भन्ने थाहा छैन। हेर्दा उनी स्वस्थ्य देखिए पनि कृष्मालाई क्यान्सर भएको छ। 
सुरुवातमा शरिरको पछाडि साईडपट्टिको भागमा सानो मासुको डल्लो देखा परेपनि विस्तारै बढ्दै गयो। त्यहि मासुको डल्लो काठमाण्डौ स्थित अन्तराष्ट्रिय बालमैत्री अस्पतालमा काटेर फाल्दा पत्ता लाग्यो कि कृष्मालाई क्यान्सर भएको रहेछ।
क्यान्सरका कारण अहिलेसम्म उनलाई २ पटक किमो चढाईसकेको छ। अझै ४ पटक किमो चढाउन बाँकी नै छ। उनलाई हरेक २१ दिनमा किमो चढाउनु पर्ने हुन्छ। तर निम्न वर्गाीय उनको परिवारलाई कृष्माको उपचार खर्च धान्नै गाह्रो भैसकेको छ। अहिलेसम्म उनको उपचारमा झण्डै २ लाख भन्दा बढि खर्च भईसकेको आमा सबिना ग्यामी मगरले बताईन्। ‘अझै कति खर्च हुने हो थाहै छैन’ –उनले भनिन्। 
कृष्माका बुवा वैदेशिक रोजगारीको क्रममा मलेसियामा छ। तर त्यहाँ सोचेझै कमाई गर्न नसक्दा विदेश जादाकै ऋण तिर्न कठिन भैरहेको बेला छोरीको उपचार खर्च झन् गाह्रो पारेको छ। कोहि मनकारी महानुभावहरुले सहयोग गरे छोरीको उपचार गर्न सकिन्थ्यो कि भन्ने आमा सबिना ग्यामी मगरलाई लागेको छ। यसैले मनकारी महानुभावहरुलाई छोरीको उपचारमा सहयोग गरिदिन उनले आग्रह गरेका छन्।
सहयोग गर्न इच्छुक महानुभावहरुले निम्नानुसारको खाता र सम्पर्क नं. मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ।
खाताको नामः सबिना ग्यामी मगर
खाता नं.ः M407010006937
बैंकको नामः ग्लोबल आईएमई बैंक लि. भरतपुर शाखा
सम्पर्क नं.ः ९८२७११३१३९ 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २२:४१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology