Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

भोली इच्छाकामना, आँबुखैरेनी र गोरखामा विद्युत सेवा अवरुद्ध हुने

भोली इच्छाकामना, आँबुखैरेनी र गोरखामा विद्युत सेवा अवरुद्ध हुने

images

इच्छाकामना न्युज

२९, मंसिर २०८१
भोली इच्छाकामना, आँबुखैरेनी र गोरखामा विद्युत सेवा अवरुद्ध हुने
images

आँबुखैरेनी , २९ मङ्सिर :  तनहुँको मार्किचोक र आँबुखैरेनी सव स्टेशनवाट विधुत आपुर्ति हुने चितवनको  इच्छाकामना,  तनहुँको आँबुखैरेनी गाउँपालिका तथा गोरखाको विभिन्न क्षेत्रमा आइतबार विद्युत सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विधुत प्राधिकरण तनहुँ वितरण केन्द्र दमौलीले दिएको जानकारी अनुसार मर्स्याङ्गदी(काठमाण्डौ २२० के भि प्रशारण लाईन आयोजनावाट तनहुँको मार्किचोकमा निर्माण भएको २२० के भि जिआइएस मर्स्याङ्गदी सवस्टेशनको नयाँ कन्ट्रोल रूममा जडित सब स्टेसन अटोमोसन सिस्टम हाल सञ्चालनमा रहेको १३२र३३ के भि न्यु मर्स्याङ्गदी सव स्टेशनलाई आवद्द गर्नको लागि ट्रान्सफरमर सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकाले मङ्सिर ३० गते अइतबार  मार्किचोक र आँबुखैरेनि सव स्टेशनवाट विधुत आपुर्ति हुने पृथ्वि राजमार्ग अन्तर्गतको याम्पा सत्रसय देखि आँबुखैरेनि, मुग्लिन वजार, मनकामना, कुरिनटार र गोर्खा जिल्ला सदरमुकाम लगायत आसपासका क्षेत्रहरू एवं सराँघाट सवस्टेशनको सवै क्षेत्रमा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।

 निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने नेपाल विधुत प्राधिकरण तनहुँ वितरण केन्द्र दमौलीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - १४:०४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology