Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

क्होइबो धीँ निर्माणका लागि जग्गा खरिद सहयोगार्थ तमू प्ये ल्हु संघ चितवनद्वारा घरदैलो अभियान सुरु

क्होइबो धीँ निर्माणका लागि जग्गा खरिद सहयोगार्थ तमू प्ये ल्हु संघ चितवनद्वारा घरदैलो अभियान सुरु

इच्छाकामना न्युज

२६, मंसिर २०८१
क्होइबो धीँ निर्माणका लागि जग्गा खरिद सहयोगार्थ तमू प्ये ल्हु संघ चितवनद्वारा घरदैलो अभियान सुरु
images

चितवन ।  तमू (गुरुङ)हरुको मन्दिर क्होइबो  धीँ निर्माणका लागि  चितवनमा घरदैलो कार्यक्रम सुरु गरेका  छन् । तमू प्ये ल्हु संघ चितवनले भरतपुरबाट  घरदैलो अभियान सुरु गरेका हुन् । यस अघि गुरुङहरुको ऐतिहासिक पर्यटकीय गाउँहरु  लमजुङको भुजुङ र घले गाउँबाट सुरु गरेको  अभियान  मङ्गलबारदेखि चितवनमा पनि  सुरु गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष  विक्रम तमूले  जानकारी दिनुभयो ।

images
images

गुरुङहरुको आस्थाको धरोहर क्होइबो धीँ निर्माणका लागि  अभियान सञ्चालन गरिएको उहाँले  बताउनुभयो ।  सो अवसरमा   अभियानलाई सफल बनाउन अग्रजहरुले सकरात्म सल्लाह सुझावका साथै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको  उहाँले बताउनुभयो ।  उहाँले धर्म संस्कार संस्कृतिको संरक्षणका लागि यस अभियानमा एकताबद्ध हुन सबैलाई आग्रह गर्नुभयो । 

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १०:०५:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology