Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रेम मार्केट चितवन च्याम्पियनसिप मुनस्टोनलाई ट्रफीको उपाधि 

प्रेम मार्केट चितवन च्याम्पियनसिप मुनस्टोनलाई ट्रफीको उपाधि 

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
प्रेम मार्केट चितवन च्याम्पियनसिप मुनस्टोनलाई ट्रफीको उपाधि 


चितवन, फागुन ३। १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को उपाधि मुनस्टोन क्रिकेट क्लवले उचालेको छ ।उपाधिसंगै मुनस्टोनले नगद २० हजार र ट्रफी प्राप्त गर्‍यो भने उपविजेतामा चित्त बुझाएको इस्र्टनले नगद १० हजार र ट्रफी प्राप्त गर्‍यो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रिकेट संघ बागमती प्रदेश समितिका अध्यक्ष राजु बस्न्यात, विशिष्ट अतिथि प्रेम सुपर मार्केटका प्रमुख एवंम समाजसेवी प्रेम कुमार श्रेष्ठ, धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’, र चितवन क्रिकेट संघका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए ।धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज ९सोमबार० भएको फाइनल खेलमा ग्लोबल इन्टरफेस इस्र्टन क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै मुनस्टोनले उपाधि उचालेको हो । इस्र्टनले दिएको २६४ रनको लक्ष्य पछ्याएको मुनस्टोनले ४१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । मुनस्टोनका लागि योगेन्द्र सिंह कार्कीले ६० बलमा ५२, भिम सार्कीले ३४ बलमा ४६ र लोकेश बमले १८ बलमा ३९ रन बनाए ।इस्र्टनका लागि सुमित महर्जनले ९ ओभरमा एक मेडनसहित ४८ रन खर्चिदै ३ विकेट लिए ।त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको इस्र्टनले निर्धारित ४५ ओभरमा ७ विकेट गुमाउँदै २६३ रन जोडेको थियो । उसका लागि नन्दन यादवले अविजित ३५ बलमा ८३, सुमित महर्जनले ३१ बलमा ५१ र कप्तान आकाश थापाले ३६ रन बनाए ।मुनस्टोनका लागि भीम सार्की र हरिबहादुर चौहानले समान २ विकेट र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए । फाइनल खेलमा मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफ दि म्याच घोषित भए ।यस्तै तीन वटै खेलमा म्यान अफ दि म्याच घोषित भएका योगेन्द्र म्यान अफ दि सिरिज समेत घोषित भएको संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए ।

images

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २०:४५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology