Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन अनुरोध

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन अनुरोध

images

रासस

२३, मंसिर २०८१
कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन अनुरोध
images

धादिङ :  चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो । बुलेट सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, हाल उद्धारकार्य जारी छ । घाइते कोही पनि भेटिएको छैन । चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

उक्त क्षेत्रनजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । रासस

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १२:५१:५७ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology