चितवन । गुरुङ समुदायको धर्म संस्कार संस्कृति संरक्षणमा स्थापित संस्था तमू प्ये ल्हु संघ चितवनको भातृ संस्था जिल्ला युवा समितिको पुनःगठन गरिएको छ । संघको शनिबार चितवनमा बसेको बैठकले जिल्ला युवा समितिको वरिष्ठ उपाध्यक्षमा बिशु गुरुङलाई मनोनित गर्दै पुनःगठन गरिएको हो ।
यस अघि नै वरिष्ठ उपाध्यक्ष रहेका बुद्धि गुरुङ अध्यक्षमा मनोनित भएको थियो । सोही कारण रिक्त रहेको वरिष्ठ उपाध्यक्षमा पदमा बिसुलाई मनोनित गरेको हो ।
बैठकले अन्य रिक्त पदहरुमा समेत पदपुर्ती गर्दै जिल्ला युवा समितिको पुनःगठन गरिएको छ । जसमा जिल्ला युवा समितिको उपाध्यक्षमा कुशल गुरुङ, सचीवमा अमृत गुरुङ, सह–सचीवमा जेनिसा गुरुङ, कोषाध्यक्षमा ममता गुरुङ, स–कोषाध्यक्षमा कुसुम गुरुङ, सास्कृतिक बिभाग प्रमुखमा इच्छा गुरुङ, महिला बिभाग प्रमुखमा सिरि गुरुङ, युवा परिचालन बिभाग प्रमुख अनिल गुरुङलाई मनोनित गरिएको छ ।
यस्तै सदस्यहरुमा प्रीतम गुरुङ, शैलेश गुरुङ, मिलन गुरुङ, जेनि गुरुङ, बन्दना गुरुङ, प्रकाश गुरुङ, सन्दिना गुरुङ, अ्मृत गुरुङ र बिनिता गुरुङ (पुनम) लाई मनोनित गरिएको छ ।