Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

जर्मनीद्वारा इजरायलविरुद्ध एम्नेस्टीको ‘नरसंहार’ आरोप अस्वीकार

जर्मनीद्वारा इजरायलविरुद्ध एम्नेस्टीको ‘नरसंहार’ आरोप अस्वीकार

images

रासस

२२, मंसिर २०८१
जर्मनीद्वारा इजरायलविरुद्ध एम्नेस्टीको ‘नरसंहार’ आरोप अस्वीकार
images

बर्लिन, मङ्सिर २२ गते । गाजामा आफ्नो सैन्य अभियानमा इजरायलले प्यालेस्टिनीहरू विरुद्ध ‘नरसंहार’ गरिरहेको छ भन्ने एम्नेस्टी इन्टरनेसनलको आरोपलाई जर्मन सरकारले शुक्रबार अस्वीकार गरेको छ ।

“नरसंहारको प्रश्नले एउटा जातीय समूहलाई समाप्त गर्ने स्पष्ट अभिप्रायलाई पूर्वनिर्धारित गर्दछ । म अझै पनि कुनै यस्तो स्पष्ट उद्देश्यलाई मान्दिन र त्यसैले म प्रतिवेदनका निष्कर्षहरू साझा गर्न सक्दिन”, एम्नेस्टीको प्रतिवेदनमा प्रतिक्रिया माग्दा जर्मन विदेश मन्त्रालयका प्रवक्ता सेबास्टियन फिशरले पत्रकारहरूसँग भन्नुभयो, “हामीले प्रतिवेदनका आरोपहरूलाई धेरै गम्भीरताका साथ लिन्छौँ र हाल तिनीहरूको विश्लेषण गरिरहेका छौँ ।”

“हामीले इजरायली सरकारलाई गाजामा आफ्नो सैन्य कारबाही समायोजन गर्न र नागरिकहरूको सुरक्षाका लागि आफ्नो दायित्व राम्रोसँग पूरा गर्न बारम्बार आग्रह गरेका छौँ, उहाँले भन्नुभयो, “यद्यपि यो अझै पनि हाम्रो विचार हो कि इजरायलले हमास विरुद्ध आत्मरक्षा गर्दैछ जसले यसको आतङ्ककारी आक्रमणको साथ यो द्वन्द्वलाई सुरु गरेको छ ।”

बिहीबार लन्डनस्थित मानव अधिकार समूहले गाजामा इजरायलको आक्रमणका बारेमा तीन सय पृष्ठको प्रतिवेदन प्रकाशित गर्यो । यसको निष्कर्षहरू उपग्रह चित्रहरू, फिल्डवर्क र गाजाका मानिसहरूको ग्राउन्ड रिपोर्टमा आधारित रहेको बताइएको छ । साथै ‘इजरायली सरकार र सैनिक अधिकारीहरूको अमानवीय र नरसंहारको बयानहरू’ पनि समावेश गरिएको छ । इजरायलले ती निष्कर्षहरूलाई ‘पूर्ण रूपमा गलत’ भनेर अस्वीकृत गर्‍यो । रासस/एएफपी

images
प्रकाशित मिति :मंसिर २२, २०८१ शनिवार - ०९:१७:३३ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology