Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शपथग्रहण गर्दागर्दै पक्राउ परे जसपा नेपालबाट नवनिर्वाचित वडाध्यक्ष

शपथग्रहण गर्दागर्दै पक्राउ परे जसपा नेपालबाट नवनिर्वाचित वडाध्यक्ष

इच्छाकामना न्युज

२१, मंसिर २०८१
शपथग्रहण गर्दागर्दै पक्राउ परे जसपा नेपालबाट नवनिर्वाचित वडाध्यक्ष
images

काठमाडौं । हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो।

images
images

उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

डाक्नेश्वरीमा दुईजनाको हत्याको आरोप वडाध्यक्ष साहमाथि लागेको छ। अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको हो।

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - ०८:०७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology