Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

सहिदलखन गाउँपालिकाको जुग्दी खोला राइनास जुम्ली चौतारा सडकमा स्तरोन्नतिको काम सुरु

सहिदलखन गाउँपालिकाको जुग्दी खोला राइनास जुम्ली चौतारा सडकमा स्तरोन्नतिको काम सुरु

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
सहिदलखन गाउँपालिकाको जुग्दी खोला राइनास जुम्ली चौतारा सडकमा स्तरोन्नतिको काम सुरु
images

गोरखा ।  गोरखाको सहिदलखन गाउँपालिका–४ स्थित जुग्दी खोला राइनास जुम्ली चौतारा सडकमा स्तरोन्नतिको काम सुरु भएको छ । सडकको काम सुरुभएसँगै उक्त सडकखण्ड बन्द रहेको छ । पालिकाले एक सूचना जारी गर्दै गत सोमबारदेखि सडकखण्ड बन्द रहेको जनाएको हो ।

सहिदलखन–४ स्थित ताक्लुङ राइनास बुट्टार जाने चोकदेखि गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने सडकखण्ड बन्द रहने पालिकाले जनाएको छ । ‘मंसिर १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्ड बन्द रहने छ’, सूचनामा भनिएको छ ।

गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालय, पोखराको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विनियोजित रकमबाट सडक स्तरोन्नतिको काम संचालन भएको वडाले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १०:१२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology