आँबुखैरेनी, १९ मंसिर । छैठौं कालिका कप –२०८१ को उपाधि नव शान्ति युवा क्लब नयाँगाउँले जितेको छ । फाईनलमा शहिदलखन गाउँपालिका–२ लाई ३–० को सोझो सेटमा हराउदै नव शान्ति युवा क्लबले छैठौं कालिका खुल्ला वडा तथा क्लब स्तरीय पूरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।
जित संगै नव शान्ति युवा क्लबले नगद रु. ५० हजार ट्रफी, मेडल, र प्रमाणपत्र हात पारेको छ, भने उपविजेता तथा दोस्रो स्थान हासिल गर्न सफल शहिदलखन गाउँपालिका–२ ले नगद रु. ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नगद रु. १६ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, प्रतियोगितामा नव शान्ति युवा क्लबका खेलाडी ईश्वर सुनार वेस्ट इस्पाईकर, नव शान्ति युवा क्लबकै खेलाडी विशाल ठकुरी वेस्ट ब्लकर, शहिद लखन गाउँपालिका–२, का खेलाडी परमेश्वर बर्देवा वेस्ट डिफेन्डर (लिब्रो), बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका खेलाडी टेक बहादुर रावल वेस्ट सर्भर र नव शान्ति युवा क्लबका खेलाडी अशोक ठकुरी वेस्ट प्लेयरस घोषित भएका छन् ।
प्रथम, द्धितीय र तृतीय हुने टिम तथा विभिन्न विद्याका उत्कृष्ठ खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अथिती एवंम शहिद लखन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक पाण्डे, क्लब अध्यक्ष तेजिन्द्र गुरुङ्ग लगाएत अथितीहरुले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । श्री कालिका युवा क्लब शहिदलखन गाउँपालिका–३, निभारे गोरखाको आयोजनामा गत मंसिर १५ गते देखि मुग्लिन पारी त्रिवेणी भगवती मन्दिरको प्राङ्गणमा जारी प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।