Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

छैठौं कालिका कपको उपाधीका लागि नवशान्ती युवा क्लब र शहिदलखन गाउँपालिका-२ बिच भिडन्त हुने

छैठौं कालिका कपको उपाधीका लागि नवशान्ती युवा क्लब र शहिदलखन गाउँपालिका-२ बिच भिडन्त हुने

images

इच्छाकामना न्युज

१८, मंसिर २०८१
छैठौं कालिका कपको उपाधीका लागि नवशान्ती युवा क्लब र शहिदलखन गाउँपालिका-२ बिच भिडन्त हुने
images

मुग्लिन, १८ मंसिर । छैठौं कालिका खुल्ला वडा तथा क्लब स्तरीय पूरुष भलिबल प्रतियोगिता–२०८१ को फाइनल खेल आज हुँदैछ ।

छैठौं कालिका कप-२०८१ को उपाधीका लागि अहिले दिउँसो १ बजे नवशान्ती युवा क्लब नयाँबस्ती र शहिदलखन गाउँपालिका वार्ड नं. २ बिच भिडन्त हुनेछ ।

आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडालाई २-१ को सेटमा जित हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो, भने दोश्रो सेमिफाइनल खेलमा गैंडाकोट DYC नवलपुरलाई २-० को सेटमा पराजित गर्दै नव शान्ति युवा क्लब नयाँबस्तीले फाइनलको यात्रा तय गरेको छ ।

श्री कालिका युवा क्लब शहिदलखन गाउँपालिका-३, निभारे गोरखाको आयोजना त्रिवेणी मुग्लिन पारी भगवती मन्दिरको प्राङ्गणमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजार, ट्रफी,मेडल र प्रमाण पत्र, दोश्रो हुने टिमले नगद रु. ३० हजार, ट्रफी,मेडल र प्रमाण पत्र र तृतीय हुने टिमले नगद रु. २० हजार,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको श्री कालिका युवा क्लबका अध्यक्ष तेजिन्द्र गुरुङले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १२:०१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology