Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बयानका लागि आज रविलाई काठमाडौं ल्याइदैँ

बयानका लागि आज रविलाई काठमाडौं ल्याइदैँ

images

इच्छाकामना न्युज

११, मंसिर २०८१
बयानका लागि आज रविलाई काठमाडौं ल्याइदैँ
images

कास्की । कास्की प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइने भएको छ।

रास्वपा सभापति समेत रहेका लामिछानेलाई मंगलबार स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित थप बयानका लागि पोखराबाट काठमाडौं ल्याउन लागिएको हो।

उनीविरुद्ध स्वर्णलक्ष्मीको बचत अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतले मङ्सिर २ गते पक्राउ गर्न आदेश भएको थियो। कास्की अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।

बयानपछि लामिछानेलाई पुन: कास्की फर्काइने छ। गत २ कार्तिकमा सीआईबीको टोलीले सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ गरेको थियो। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

यसअघि उनले बुटवलको सुप्रिम सहकारी बचत अपचलनको आरोपमा पनि बयान दिइसकेका छन्। सहरा सहकारीको रकम अपचलनको आरोपमा चितवनमा पनि लामिछानेसहित अन्य १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

images
प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - ०८:१४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology