Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम हुने

देवघाटमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम हुने

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
देवघाटमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम हुने
images

देवघाट, मंसिर १० । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा देवघाट गाउँपालिकमा सचेतना कार्यक्रम हुने भएको छ ।

 

‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यकोलागि ऐक्यबद्धता’ भन्ने मुल नारा सहित सोमबारबाट मनाईएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अगामी मंसिर १७ गते सोमबार गाउँपालिका स्तरीय सचेतना कार्यक्रम आयोजना गरिएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए ।

 

गाउँपालिकाको सभाहलमा हुने उक्त कार्यक्रममा उपस्थित हुने महिला संघ संस्थाहरुकोलागि सामाजिक विकास कार्यालयको तर्फबाट प्रोत्साहन स्वरुप जनही ३ हजार नगद समेत प्रदान गरिने भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ यसैविच देवघाट गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ ।

 

सोमबार गाउँपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि अभियानको शुभारम्भ गरिएको हो । उक्त अवसरमा ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यकोलागि ऐक्यबद्धता’ भन्ने नारा सहतिको व्यानरमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुले हस्ताक्षर गरि १६ दिने अभियानको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

 

उक्त अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले लैङ्गिक हिंसा अन्त्यकोलागि सबैको सामुहिक प्रतिबद्धता र ऐक्यबद्धता हुनु पर्ने बताए । कसैले पनि हिंसा नगर्ने तथा हिंसा नसहने हो भने यस्ता हिंसाका घटनाहरु अन्त्य हुने अध्यक्ष थापाले बताए ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २१:२७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology